जता–जता रवीन्द्र, उतै–उतै सुशिला !

पाेखरा | असोज १२, २०७९

जता–जता रवीन्द्र, उतै–उतै सुशिला !

पोखराः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागेका रवीन्द्र मिश्र आज औपचारिक कार्यक्रममार्फत भित्रिँदैछन् । 

 

विवेकशील साझाकै गण्डकी प्रदेश संयोजक रहेकी सुशिला केसी अधिकारी पनि यही मेसोमा राजीनामा सार्वजनिक गरी मिश्रसँगै राप्रपा भित्रिने भएकी छिन् । यसअघि पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी केसीले हिजोमात्रै सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन् । 

 

अधिकारीले दिएको राजीनामामा उनीसँगै केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, अर्जुनप्रसाद खनाल र हरिप्रसाद गौतमसमेत रहेका छन् । उनीहरु पनि राप्रपा प्रवेश गर्ने अधिकारीले जानकारी दिइन् ।

 

आज राप्रपा प्रवेशपछि एक हप्ताभित्र पार्टीले जिम्मेवारी दिने अधिकारीको भनाई छ । ‘हामी अरु पार्टीजस्तो यो वा त्यो जिम्मेवारी देउ भनेर झगडा गर्दैनौ’ अधिकारीले भनिन् ‘न्यायपूर्ण समायोजन हुनेछ ।’

 

तर यसअघि विवेकशील साझाको प्रदेश जिम्मेवारी सम्हालेकी अधिकारीले राप्रपाबाट पनि सोही हैसियतको पद पाउन भने मुस्किल छ । 

 

अब मिश्रसँगै राजाको लाइनमा लाग्नु हुने पक्को हो भन्ने प्रश्नमा उनले भनिन् ‘म पार्टी प्रवेश कार्यक्रमकालागि काठमाण्डौं जान एयरपोर्टमा छु, पछि विस्तृतमा कुरा गरौंला ।’ 
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्